६ मंसिर २०८३, आइतबार

बलात्कारकाे अभियाेगमा कैलाली र मकवानपुरमा पाँच जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । कैलाली र मकवानपुर जिल्लामा प्रहरीले बलात्कारकाे अभियाेगमा पाँच जनालाई पक्राउ गरेकाे छ ।

कैलालीकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-९ पूर्व खैरीफाँटा बस्ने २० वर्षीय दीपक कडारा र सोही ठाउँ बस्ने अन्य तीन जना १८ वर्षीय किशोरहरू रहेका छ्न् ।

काकाको घरबाट आफ्नो घरतर्फ फर्कदै गरेकी ती किशोरीलाई बिहीबार राति उनीहरूले स्थानीय खेतमा लगेर डरत्रास देखाई जबरजस्ती करणी गरी भागेको भएका थिए ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएकाे छ ।

यता, मकवानपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका-६ ज्यामिरे बस्ने २४ वर्षीय सूर्य लुम्बालेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई घरमै बसेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।