आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

अमेरिकामा काेराेना संक्रमितकाे संख्या ६० लाख नजिक

दैनिक नेपाल २०७७ भदौ १५ गते ७:१४

न्युयाेर्क, १५ भदाै । कोरोनाभाइरसकाे संक्रमणबाट अमेरिकामा संक्रमितकाे संख्या ६० लाख नजिक पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ५९ लाख ९४ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।

पूरै अमेरिकामा नयाँ संक्रमित, मृतक र अस्पतालमा भर्ना हुनेको संख्या कम हुँदै गए पनि मिडवेस्ट नयाँ हटस्पटको रुपमा देखा परेको बीबीसीले जनाएको छ ।

आयोवा, नर्थ डकोटा, साउथ डकोटा र मिनिसोटामा एक दिनमै संक्रमितको संख्याले रेकर्ड ब्रेक गरेको छ । यस्तै मोन्टानामा अस्पतालमा भर्ना हुने विरामीको संख्या ह्वात्तै बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित