१ कार्तिक २०८३, शनिबार

राजेशपायल राईको ‘खै के भयो’ सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित गायक राजेश पायल राईको आवाजमा ‘खै के भयो’ सार्वजनिक भएको छ ।

रमेश मगरको शब्द संगीतमा तयार भएको गीत सन्तोष डुमी अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । केही वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहँदै आएका गीतकार रमेश मगरले ‘सुस्त हावा’, ‘नसम्झाउ अतितका ती तिता पल’लगायत गीतमा शब्द तथा संगीत दिइसकेका छन् ।

सार्वजनिक गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन् । चर्चित प्रांकस्टार एलिस राई, नग्मा श्रेष्ठ, निनाहाङ राई अभिनित गीतको भिडियोलाई धन खालिङ र श्री थापाले खिचेका हुन् भने धन खालिङले नै सम्पादन गरेका हुन् ।

आफूले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस भिडियोलाई किशन भुषालले कोरियोग्राफी गरेका हुन् । जस्केको क्रिएसनको प्रडक्सनमा तयार पारिएको भिडियोलाई गायक तथा संगीतकार सन्तोष डुमीले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् म्यूजिक भिडियो–