शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

हिमालय एयरलाइन्सद्वारा छैटौं चरणको चार्टर्ड उडान तालिका सार्वजनिक

दैनिक नेपाल २०७७ भदौ १४ गते १५:११

काठमाडौं, १४ भदौ । हिमालय एयरलाइन्सले विदेशमा अलपत्र परेको नेपालीलाई स्वदेश फर्काउन छैटौं चरणको चार्टर्ड उडान गर्न तालिका सार्वजनिक गरेको छ ।

कम्पनीले आगामी सेप्टेम्बर २ देखि २९ सम्म चार्टर्ड उडान गर्ने बताएको छ । तालीका अनुसार एयसलाइन्सले सेप्टेम्बर २, ३, ६, ८, ९, १७, २२, २३ र २९ मा माल्दिभ्स, कतार, साउदी अरेबिया र कुबेतबाट नेपालीको उद्धार गर्ने बताएको छ ।

विश्वभर कोरोना महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण विभिन्न मुलुकहरूमा अलपत्र नेपाली नागरिकहरूको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान सञ्चालन गर्दै आएको बताएको छ ।

यो एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरूबाट चार्टर्ड उडान गरी हजारौं नेपाली नागरिकलाई स्वदेश ल्याइसकेको छ ।

नेपाल ल्याइएका नेपालीले सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्न पर्ने छ । तर, पीसीआर परीक्षण उपलब्ध देशबाट आउने नेपाली नागरिकले ७२ घण्टाभित्रको रिपोर्ट देखाएर काठमाडौंमा आवश्यक स्वास्थ्य जाँच गराइ घरमै १४ दिन क्वारेन्टिनमा बस्न पाइने छ ।

हेर्नुहोस् विस्तृत विवरण–

प्रतिक्रिया
सम्बन्धित