१ कार्तिक २०८३, शनिबार

संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै नेकपाका कार्यकर्ता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विराटनगर–८ कमिटीले कोरोना संक्रमितको अवस्था बुझ्न थालेको छ ।

कोरोना संक्रमण भई होम आइसोलेसनमा रहेकाहरूको स्वास्थ्य अवस्थाबारे शनिबार उनीहरुले जानकारी लिएका छन् । वडाका संक्रमितको घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिले र आवश्यक औषधि वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिए ।

होम आइसोलेसनमा रहेकाहरूसँगै सम्पर्कमा आएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको उनको भनाइ छ । संक्रमितको अवस्थाबारे जानकारी लिएपछि समस्या भएकालाई तत्काल अस्पताल लैजान सहज हुने अध्यक्ष पोखरेलले बताए ।

नेकपा विराटनगर–८ ले तेस्रो चरणको अभियानअन्तर्गत होम आइसोलेसनमा रहेकाहरूको स्वास्थ्य अवस्थासँगै १६ वटा घरको निर्मलीकरण गरिएको पनि बताएको छ । बलुवाही, विश्वकर्माचोक, जिम्दार टोल र राजवंशी टोलका २०० घरमा निर्मलीकरण कार्य सम्पन्न गरिएको हो ।