१ कार्तिक २०८३, शनिबार

राप्ती प्रादेशिक अस्पतालका डाक्टर र नर्ससहित ९ जनामा कोरोना सङ्क्रमण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १४ भदौ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर र नर्ससहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डाक्टर र नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पताल सिल गरिएको छ । राप्ती प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ फोकल पर्सन बिमल केसीकाअनुसार गएको बिहीबार अस्पतालमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएको थियो ।

ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गरिएको छ ।