१ कार्तिक २०८३, शनिबार

व्यथा लागेर प्रसूति गृह पुगेका २ जना गर्भवतीमा कोरोना संक्रमण पुष्टि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा २ जना गर्भवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा रहेका २ जना गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले बताएको छ । अस्पतालका उपनिर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार बच्चा जन्माउने व्यथा लागेर अस्पताल पुगेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अहिले उनीहरुलाई दुबै जनालाई अस्पतालको छुट्टै बेडमा राखेर अस्पतालले उपचार गराइरहेको छ ।