
काठमाडौँ, १४ भदौ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमाछोराको कोरोनाका कारण मृत्यु भएको छ ।
आमा छोराको ४५ मिनेटको फरकमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतकहरुमा धरान १७ की ७४ वर्षीया महिला र उनका सौतेनी छोरा ६० वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जनाएका छन् ।
मृतक महिलामा मधुमेह र उच्च रक्तचापको समस्या रहेका र पुरुषमा मधुमेह र कलेजोमा समस्या रहेको बताइएको छ । उनीहरुको आइतबार विहान मृत्यु भएको हो ।
१० दिनदेखि ज्वरो, रुघाखोकीको समस्या भएको उनीहरुको मृत्युपछि कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुको कुनै ट्राभल नभएको बताइएको छ । उनीहरुको शव व्यवस्थापनको लागि तयारी भइरहेको जनाइएको छ ।















प्रतिक्रिया