
काठमाडौं, १४ भदौ । भद्रकालीस्थित नेपाली सेनाको हेडक्वार्टरका एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् ।
त्यहाँस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटी गर्ने तनहुँ घर भएका ती सिपाहीले ड्युटीमै आत्महत्या गरेको बताइएको छ ।
‘पेट्रोल पम्पमा ड्युटीमा रहेको समयमा ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हालेर आत्महत्या गरेको सेनाले पुष्टि गरेको छ ।
घटनासम्बन्धी मृतकका आफन्तलाई जानकारी गराइ सकिएको नेपाली सेनाले बताएको छ ।
नेपाली सेनाको स्थायी कार्यविधि बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाईएको र सो घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएको समेत सेनाले जानकारी दिएको छ ।















प्रतिक्रिया