शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

एनएमबि बैंकका ग्राहकलाई ०% ईएमआईमा सामसङका फोन खरीदको सुविधा

दैनिक नेपाल २०७७ भदौ १४ गते ११:१५

काठमाडौं, १४ भदौ । एनएमबि बैंकका ग्राहकले ० प्रतिशत ईएमआईमा सामसङका मोबाइल फोनहरू खरीद गर्न सक्ने भएका छन् ।

बैंक र नेपालका लागि सामसङ मोबाइलको अधिकृत विक्रेता आईएमएसबीच भएको समझदारीका आधारमा बैंकका ग्राहकले सो सुविधा पाउने भएका हुन् ।

उक्त समझदारीपत्रमा एनएमबि बैंकका प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र आईएमएसका प्रबन्धक–सेल्स एन्ड अपरेशन नारायणप्रसाद भुषालले हस्ताक्षर गरेका छन् ।

समझदारीपछि एनएमबिका ग्राहकले स्यामसङ मोबाइलको आधिकारिक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरूको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महीनासम्मको सरल किस्तामा समानहरू खरीद गर्न सक्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित