
सिन्धुपाल्चोक, १४ भदौ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ धुसेनीमा फेरि अर्को पहिरो जाँदा ४ ओटा घर पुरिएका छन् ।
शनिबार राती खसेको पहिरोले स्थानीय खिलबहादुर भण्डारीको २ घर, इबबहादुर भण्डारी र चेतबहादुर भण्डारीको १–१ घर पुरेको छ ।
पहिरो अन्य ८ घरमा आशिंक क्षति पुगेको छ भने मानवीय क्षति नभएको बताइएको छ । उक्त स्थान पनि पहिल्यैदेखि जोखिममा रहेको थियो ।
घटनास्थलमा सुरक्षाकर्मीसहितको टोली उद्धारका लागि पुगिसकेको छ ।















प्रतिक्रिया