न्युयाेर्क, १४ भदाै । टेनिस खेलाडी नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न सिनसिनाटी ओपनको उपाधि जितेका छन् ।
न्यूयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर जोकोभिचले उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १-६, ६-३ र ६-४ को सेटमा जित निकाले ।
पहिलो सेट गुमाए पनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए ।
महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन् ।
फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन् । फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् ।















प्रतिक्रिया