६ मंसिर २०८३, आइतबार

विप्लवका कार्यकर्ताद्वारा सिन्धुलीमा शिक्षक अपहरण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, १४ भदाै । सिन्धुली जिल्लाकाे तिनपाटन गाउँपालिका वडा नं. ८ बाहुनतिल्पुङका एक शिक्षक शनिबार अपहरणमा परेका छन् ।

अज्ञात समूहको अपहरणमा परेको ४ घण्टापछि स्थानीयले घेराबन्दी गरेपछि उनी अपहरणमुक्त भएका हुन् ।

बाहुनतिल्पुङ स्थित तिल्पुङडाँडामा रहेको भिमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका नारायण प्रसाद भण्डारीलाई विहान अज्ञात समूहले बाटोमा हिँड्दै गर्दा अपहरण गरेका थिए ।

विहान साढे ९ बजे अपहरणमा परेका भण्डारी स्थानीयको सक्रियतामा साढे एक बजे अपहरणमुक्त भएका हुन् । उनलाई विद्यालयबाट घरतर्फ जाँदै गर्दा १५ जनाको समूहमा आएका अपरिचित व्यक्तिले अपहरण गरेर लाँदै गर्दा प्रहरी र स्थानीयबासीले घेराबन्दी गरी अपहरणमुक्त गराएका थिए ।

विप्लव माओवादीका कार्यकर्ता बताउने ती अपहरणकारीलाई स्थानीयबासीले घेराबन्दी गरेका भए पनि प्रहरी देखेपछि घेरा तोडेर भागेका थिए । घेरा तोडेर भाग्न खोज्ने एकजनालाई भने प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।