आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पाकिस्तानमा भीषण बाढीपहिरो, ३० जनाको मृत्यु

दैनिक नेपाल २०७७ भदौ १३ गते १४:५९

पाकिस्तान, १३ भदौ । पाकिस्तानमा भिषण बाढी र पहिरो आएको बताइएको छ ।

केही दिनयता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको हो । पाकिस्तानको कराँचीमा बाढीले बढी क्षति पुर्याएको समाचारमा जनाइएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार र शुक्रबार जारी रहेको अविरल वर्षा र त्यसपछिको बाढीले गर्दा त्यहाँ कम्तीमा पनि ३० जना नागरिकको ज्यान गएको बताइएको छ । पाकिस्तानको एक पत्रिका ‘डन’ले दिएको जानकारीअनुसार पाकिस्तानमा गएको कम्तीमा पनि ९० वर्षको रेकर्डभन्दा पनि बढी वर्षा भएको छ ।

कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलोपटक १२ घण्टामा नै निकै भारी मात्रामा पानी परेको थियो । भारी वर्षा र बाढीले कराँची शहरलाई ठूलो क्षति पुर्याएको छ । यहाँ हजारौँको संख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ ।

वर्षा नरोकिएकोले अझै सतर्क रहन स्थानीय प्रशासनहरुले सूचना जारी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित