आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

२ करोड ४८ लाख ९७ हजार संक्रमितमध्ये १ करोड ७२ लाख ८५ हजार जना निको भए

दैनिक नेपाल २०७७ भदौ १३ गते १३:१९

काठमाडौं, १३ भदौ । कोरोना संक्रमित विश्वभरका २ करोड ४८ लाख ९७ हजार २८१ जनामध्ये १ करोड ७२ लाख ८५ हजार ९०७ जना संक्रमण निको भएर घर फर्किएका छन् ।

चीनको वुहान राज्य हुँदै विश्वभरभर तीव्र गतिमा फैलिएको कोरोना भाइरसलाई जित्नेको यो संख्या ६९ प्रतिशत हो ।

संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् । उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ जना संक्रमित थपिएका छन् भने ५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणको प्रभाव अहिले सबै भन्दा धेरै अमेरिकामा छ । त्यहाँ ६० लाख ९४ हजार ५५७ जना मानिस संक्रमित हुँदा १ लाख ८५ हजार ८७३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित