१ कार्तिक २०८३, शनिबार

‘स्वास्थ्यकर्मी र कर्मचारीलाई आउजाउ गर्न नदिनेहरु यसरी पर्दैछन् प्रहरीको फन्दामा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई घर वा डेरामा आउजाउ गर्न नदिने, घृणा वा अपहेलना गर्नेहरुलाई सरकारले कडा कारबाही गर्ने भएको छ ।

त्यस्ता व्यक्तिलाई कारबाहीप् गर्न गृह मन्त्रालयले सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको बताएको छ । महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न मन्त्रालयले निर्देशन सर्कुलर गरेको जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार यदि कसैले माथिका कुनै हर्कत गरेमा गृह मन्त्रालयको टोल–फ्री नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्नु आग्रह गरिएको छ । यसरी उजुरी गर्नेको व्यक्तिगत विवरण गोप्य राखिने पनि उनको भनाइ छ ।

स्थानीयवासीहरुले विभिन्न ठाउँमा महामारी नियन्त्रणका लागि अग्रभागमा खटिँदै आएकाहरुलाई अमानवीय व्यवहार गर्ने क्रम बढेपछि उनीहरुलाई कारबाही गरिने भएको हो ।