शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

महीना दिनमै करीब १३ अर्ब रुपैयाँ बीमाशुल्क संकलन

दैनिक नेपाल २०७७ भदौ १३ गते १२:२१

काठमाडौं, १३ भदौ । नेपालका बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महीना साउनमा करीब १३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी हुँदा हुँदै पनि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गर्न फिल भएका हुन् ।

कम्पनीहरुले १२ अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको बीमा समितिले बताएको छ । समितिको तथ्यांक अनुसार जीवन बीमा व्यवसायतर्फ १० अर्ब १४ करोड र निर्जीवन बीमा तर्फ २ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित