आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

‘ब्ल्याक प्यान्थर’ का स्टार चाडविक बोसम्यानको निधन

दैनिक नेपाल २०७७ भदौ १३ गते ११:४८

लस एन्जल्स, १३ भदौ । ४३ वर्षीय हलिउड स्टार चाडविक बोसम्यानको शुक्रबार निधन भएको छ ।

मार्वल स्टुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर’ मा मुख्य भूमिका निभाएका बोसम्यान ४ वर्षदेखि क्यान्सर पीडित थिए । चाडविकका सहयोगी प्रतिनिधिले उनको मृत्यु आफ्नै निवास लस एन्जल्समा भएको पुष्टि गरेका हुन् ।

उनी आन्द्राको क्यान्सरबाट पीडित थिए । आफ्नो करियरमा ‘४२’ र ‘गेट अन अप’ जस्ता फिल्ममा काम गरेका उनले सन् २०१८ मा मार्वल सिनेम्याटिक युनिभर्स फिल्मको ‘ब्ल्याक प्यान्थर’ मा टि–चाला/ब्ल्याक प्यान्थरको भूमिका निभाएका थिए ।

उनले ‘एभेन्जर्स–इनफिनिटी वार’ र ‘एभेन्जर्स एण्ड गेम’ जस्ता ब्लकबस्टर फिल्ममा ब्ल्याक प्यान्थरकै भूमिका निभाएका थिए । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित