१ कार्तिक २०८३, शनिबार

सङ्क्रमित बढेपछि भोलिदेखि एक साताका लागि निषेधाज्ञा जारी

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, १३ भदौ । कोरोना सङ्क्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले डोटीमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना सङ्क्रमित बढेर ९०० पुगेको छ ।

जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।