१ कार्तिक २०८३, शनिबार

सिरहाका एक संक्रमितको धरानमा मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १३ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिरहाको भदैया भन्ने ठाउँका ८४ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको अस्पतालले बताएको छ । मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो ।

ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।