आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

अमेरिकामा सात गाेली लागेका ब्लेकलाई हत्कडी लगाएर अस्पताल लगेको खुलासा

दैनिक नेपाल २०७७ भदौ १३ गते ९:२६

न्युयाेर्क, १३ भदाै । अमेरिकाको विस्कनसिनका ज्याकोब ब्लेकलाई प्रहरीले हत्कडी लगाएर अस्पताल लगेको छ ।

उनकाे ढाडमा सात वटा गोली लागेर अचेत अवस्थामा पुगेका थिए । ब्लेकलाई प्रहरीले लगाएको हतकडी अस्पतालको बेड पुगेपछि मात्रै फुकालिएको समाचारमा उल्लेख छ ।

केनोशा प्रहरीले अघिल्लो वारेन्टका लागि ब्लेक कस्टडीमा रहेको र नीतिको अनुशरण गरेर हतकडी लगाएको बताएको छ ।

ब्लेकका वकिलले अमेरिकी सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार वारेन्ट खारेज गरेपछि मात्रै अस्पतालमा ब्लेक भाग्छन्कि भनेर बसेका सुरक्षाकर्मी गएका हुन्।

प्रहरीको सातवटा गोली ढाडमा लागेका ब्लेक प्यारालाइज्ड भएका छन् । उनी पुनः हिँड्न सक्ने छन् वा छैनन् भन्ने अहिले नै भन्न सकिने अवस्था नरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित