लण्डन, १३ भदाै । इंग्लिस क्लब चेल्सीले ब्राजिलियन सेन्टर–ब्याक थिएगो सिल्भालाई भित्र्याएको छ ।
३५ वर्षका सिल्भाले अगस्ट २३ मा च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिखसँग पराजित भएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) छोडेका थिए ।
उनी फ्रि–ट्रान्सफरमा चेल्सीमा अनुबन्धित भएका हुन् । सिल्भाले चेल्सीको रक्षापंक्तिलाई बलियो बनाउने अपेक्षा छ । सन् २०१९–२० को सिजनमा प्रिमियर लिगका शीर्ष १० टिम मध्ये सबैभन्दा बढी गोल खाने क्लब हो चेल्सी, उसले ५४ गोल खाएको थियो।















प्रतिक्रिया