ललितपुर, १३ भदाै । ललितपुर जिल्लामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै ललितपुरमा कोरोना संक्रमण भएका ब्यक्तिको मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
पाटन अस्पतालमा उपचार गराई राखेकी ललितपुर महानगरपाालिका वडा नं. ४ बागडोल बस्ने वर्ष ६५ की महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए । मृगौलासम्बन्धी समस्याले ग्रसित उनको भदौ ७ गते स्वाब लिई परीक्षण गर्दा भदौ ९ गते पोजिटिभ देखिएको हो ।
यसअघि गम्भीर स्वास्थ्य समस्या भएकी थसिखेलका ६५ वर्षका महिलाको साउन १६ गते निधन भएको थियो ।
असार ११ गते बिहीबार पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ५० वर्षीय पुरुषको मृत्यु भएको थियो । चितवन स्थायी घर भई ललिपुरको महालक्ष्मी नगरपालिका टीकाथली बस्दै आएका मृतक पुरुष मृगौलाका बिरामी थिए ।











प्रतिक्रिया