बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेकपाका नेता वामदेव गौतमको गीत ‘यो बुद्धभूमि’ सार्वजनिक (भिडियोसहित)

दैनिक नेपाल २०७७ भदौ १२ गते १७:२७

काठमाडौं, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन् ।

फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ शीर्षकको गीत रचना गरेका छन् । गीत शुक्रबार भर्चुअलरुपमा सार्वजनिक भएको छ ।

गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर छ । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाङ्कनकर्ता दीर्घ गुरुङ छन् ।

गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । नेपालीलाई गीतले एकतामा रहन र देशप्रति माया गर्न प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ ।

उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ ओटा गीत रचना गरिसकेका छन् ।

हेर्नुहोस् भिडियो–

प्रतिक्रिया
सम्बन्धित