शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कामना सेवाका ग्राहकलाई पीसीआर परीक्षणमा विशेष छूट

दैनिक नेपाल २०७७ भदौ १२ गते १५:५२

काठमाडौं, १२ भदौ । कामना सेवा विकास बैंकका ग्राहकले कोभिड–१९ सम्बन्धी पीसीआर परीक्षणमा विशेष छूट पाउने भएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले उत्पन्न गरेको परिस्थितिलाई दृष्टिगत गर्दै बैंकले यस्तो छूटको व्यवस्था गरेको बताएको छ । बैंकले सुरिया हेल्थ केयर प्रालिसँग सहकार्य गरी ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराएको हो ।

बैंक र हेल्थ केयरबीच भएको सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले सुरिया हेल्थ केयरमा कोरोना संक्रमणसम्बन्धी गरिने पीसीआर परीक्षण गर्दा १५ प्रतिशत छूट प्राप्त गर्ने छन् ।

यस सहमतिअनुसार बैंकका ग्राहकले आर्थिक सहुलियतसहित सहज रुपमा कोरोना परीक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

‘प्रगतिको आधार कामना सेवा सँग कारोबार’ भन्ने मुल नाराका साथ बैैंकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित