३० आश्विन २०८३, शुक्रबार

न्यूरो अस्पतालले पनि शुरु गर्‍यो कोभिड–१९ को उपचार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ भदौ । विराटनगरको न्यूरो–कार्डियो एन्ड मल्टिस्पेसालिटी अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।

७ वटा आईसीयू र दुईवटा भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको अस्पतालले बताएको छ । न्यूरोको विराटनगर–९ महेन्द्र चोकस्थित शाखा मदर एन्ड चाइल्ड अस्पताललाई बिहीबारबाट कोभिड–१९ अस्पतालको रुपमा सञ्चालन गरेको बताइएको छ ।

न्यूरो विराटनगरमा निजी क्षेत्रबाट आइसोलेसन सञ्चालन गर्ने दोस्रो अस्पताल हो । यसअघि विराट मेडिकल कलेजले ६० बेडको आइसोलेसन सञ्चालन गरेको थियो ।