आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

माफी माग्दै जापानका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

दैनिक नेपाल २०७७ भदौ १२ गते १५:३१

जापान, १२ भदौ । जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

स्वास्थ्यमा देखिएको समस्याको कारण उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन् । पछिल्लो केही समयदखि बिरामी रहेका उनले शुक्रबार टोकियोमा राजीनामाको घोषणा गरेका हुन् ।

खराब स्वास्थ्य अवस्थाका कारण आफ्नो कार्यकाल पूरा गर्न नसकेकोप्रति जापानका जनताहरुसँग आबेले माफी पनि मागेका छन् । पछिल्लो समय आबेको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ । उनको उपचारमका लागि अब एक वर्ष पनि लाग्न सक्ने जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।

६५ वर्षीय आबे जापानका सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री हुन् । उनी सन् २०१२ यता निरन्तर प्रधानमन्त्रीको रुपमा रहँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित