
बाँके, १२ भदौ । झारफुक गर्ने बहानामा बाँकेका एक जुजारीले २८ वर्षीया महिलालाई बलात्कार गरेका छन् ।
जिल्लाको डुडुवा गाउँपालिका–५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी नजिर महमदले ३० वर्षीया र २८ वर्षीया महिलालाई बलात्कार गरेका हुन् । झारफुक गर्ने बहानामा आफ्नो कुटीमा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ती पुजारीलाई पक्राउ गरिसकेको छ ।
महमदले महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटीमा बोलाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । बिहीबार बेलुका सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको टोलीले सोही ठाउँ बस्ने ४० वर्षीय महमदलाई पक्राउ गरेको हो ।















प्रतिक्रिया