
काठमाडौं, १२ भदौ । गोली हानी पुजारीको हत्या भएको हप्तादिन बितिसक्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै विरोध पर्दशनमा उत्रिएका राप्रवि संगठनका १२ जना विद्यार्थीलाई पक्राउ गरिएको छ ।
रौतहटको माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको भदौ २ गते राती घरमै गोली हानी हत्या भएको थियो । तर, हत्या भएको हप्तादिन बितिसक्दा पनि दोषीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
पुजारी हत्याको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी (राप्रवि) संगठनले घटनाको सत्यतथ्य छनबिन गर्न र हत्यारालाई पक्राउ गरी कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंहलगायत १२ जना विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गमा राखेको छ ।
प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाईएको थियो । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरीले विद्यार्थी अध्यक्ष महेशबहादुर सिंह, बरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, बिजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश मोर, निराजनसहित १२ जनालाई पक्राउ गरी दरबारमार्ग प्रहरी चौकीमा राखिएको बताए ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया