३० आश्विन २०८३, शुक्रबार

सशस्त्र प्रहरीका टोलीद्वारा नगदसहित हुन्डी कारोबारी पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १२ भदौ । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ६ लाख ४० हजार रुपैयाँसहित १ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान इशनाथ नगरपालिका–९ लवतना गाउँ नजिकैबाट स्थानीय लक्ष्मण साहका छोरा १६ वर्षीय मनोजकुमार साहलाई गस्ती टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटरबाट डीएसपी नरेश भण्डारीको कमान्डमा गएको टोलीले इशनाथ–२ औरैयाका साहबाट चेकजाँचको क्रममा भारतीय नम्बरको मोटरसाईकलसहित उक्त रकम बरामद गरिएको हो ।

बरामद रुपैयाँ, मोटरसाइकल र मनोजकुमारलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको छ ।