
काठमाडौं, १२ भदौ । उद्योगी एवं सांसद बिनोद चौधरीलाई कारोना संक्रमण पुष्टि भएको छ ।
चौधरीले आफ्नो पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्विटरमार्फत आफैले सार्वजनिक गरेका छन ।
शुक्रबार बिहान कोरोना परीक्षण गर्दा पोजेटिभ नतिजा आएको उनले उल्लेख गरेका छन् । आफूलाई कुनै पनि लक्षण नदेखिएको तर परीक्षणमा पोजेटिभ रिर्पोट देखिएकाले सबैलाई सचेत हुन पनि चौधरीले आग्रह गरेका छन ।
कोरोना पुष्टि भएपछि चौधरी आइसोलेसनमा बसेका छन ।















प्रतिक्रिया