३० आश्विन २०८३, शुक्रबार

कोरोना संक्रमणबाट महिलासहित चितवनमा दुई जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ भदौ । चितवनमा एक जना महिलासहित दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा महिला र पुष्पाञ्जली अस्पतालमा पुरुषको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मकवानपुर हेटौडाकी ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६ मृत्यु भएको हो भने पुष्पाञ्जली अस्पतालमा ५१ वर्षका पुरुषको बिहान १० बजे मृत्यु भएको हो ।

महिला भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।

त्यस्तै पुष्पाञ्जलीमा मृत्यु भएका पुरुषको ९ गते कोरोना पोजेटिभ आएको थियो ।