आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

पेरिसमा मास्कको प्रयोग बाध्यकारी

दैनिक नेपाल २०७७ भदौ १२ गते १०:५०

पेरिस, १२ भदाै । फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई बाध्यकारी बनाइएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पेरिस र आसपासका क्षेत्रमा शुक्रबारदेखि मास्कलाई अनिवार्य गरिएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार यो नियम पैदल हिँड्ने र साइकलमा यात्रा गर्नेलाई पनि लागू हुनेछ । कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन ।

पेरिस प्रहरीले कोरोना भाइरसको संक्रमण फैलिदै गएकाले मास्कलाई बाध्यकारी बनाएको बताएको छ ।

फ्रान्समा अहिलेसम्म दुई लाख ५९ हजारभन्दा धेरैमा संक्रमण भएको छ । ३० हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया
सम्बन्धित