
काठमाडौं, ११ भदौ । ललितपुर महानगरपालिका–१६ स्थित काय्गोमढीका ८ जना भजनमण्डलीलाई कोरोना संक्रमण देखिएको छ ।
उनीहरुलाई संक्रमण भएसँगै उनीहरुसँगको सम्पर्कमा रहेका १०० जनाको पीसीआर परीक्षण गर्न लागिएको छ ।
यसैबीच नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको मृत्यु भएको छ ।
वृद्धाको बिहीबार बिहान साढे १० बजे कोभिड आईसीयू कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।















प्रतिक्रिया