३० आश्विन २०८३, शुक्रबार

चिनी छैन भन्ने किराना पसलेको ग्राहकद्वारा हत्या

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, ११ भदौ । रोल्पाको परिवर्तन गाउँपालिका–२ बगमारामा चिर्पटले हानेर ४० वर्षीय मनबहादुर बादीको हत्या भएको छ ।

हत्या गरिएका मनबहादुर बागमारास्थित बादीटोलका किराना पसले हुन् । गएराती २ बजे चिनी किन्न भन्दै पसलमा आएका रामचरणलाई मृतक मनबहादुरले ‘चिनी छैन’ भनेपछि उनले आक्रमण गरेका थिए ।

मध्यराती ढोका ढकढक्याएको र ढोका खोली सकेपछि चिनी सोध्ने क्रममा ‘छैन’ भन्नासाथ चिर्पटले हानेर हत्या गरेको आरोपी रामचरणले प्रहरीलाई साविती बयान दिएका छन् ।

हत्यामा संलग्न स्थानीय ४४ वर्षीय रामचरण बादीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।