३० आश्विन २०८३, शुक्रबार

महाराजगञ्ज वृत्तका डीएसपीसहित २३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा कार्यरत २३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार प्राप्त रिपोर्टअनुसार महाराजगन्जका डीएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । परिसरका अनुसार २३ जनामा संक्रमण देखिएको भए पनि १ जना भने निको भइसकेका छन् ।

महारागञ्ज वृत्तमा मनमैजुमा भएको नुवाकोटका लक्ष्मण तामाङको हत्याका आरोपीबाट कोरोना संक्रमण फैलिएको हो । गत साउन ३१ गते प्रहरीले मनमैजु हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यसका मुख्य आरोपीमा संक्रमण देखिँदा उनीबाट सुरूमा ९ जना प्रहरीमा कोरोना देखिएको थियो । अहिले संक्रमितको संख्या २३ पुगेको हो ।