३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढ्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

केही दिनयता थोरै थोरै मूल्य घट्दै गएको सुनचाँदीमा आज फेरि मूल्य वृद्धि भएको हो ।