वीरगञ्ज, ११ भदौ । पर्सा, बारा र रौतहटमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालमा ५१० वटा स्वाब नमूना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये पर्सा २१ जना, बाराका ५ जना र रौतहटका ३ जना छन् तथा जितपुर ब्यारेकका एक जना नेपाली सेनाका जवान पनि कोरोना संक्रमित भएका छन् ।















प्रतिक्रिया