आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

अमेरिकामा अश्वेत पुरुषको समर्थनमा भइरहेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु

दैनिक नेपाल २०७७ भदौ ११ गते १०:५५

न्युयाेर्क, ११ भदाै । अमेरिकाको केनोशा सहरमा प्रहरीको गोली लागेर घाइते भएका अश्वेत पुरुषको समर्थनमा भइरहेको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ । प्रदर्शनमा एक जना घाइते भएका छन् ।

प्रदर्शनकारीकै क्रममा एक व्यक्ति भिडमा पसेर अन्धाधुन्ध फायरिङ सुरु गरेपछि प्रहरीको तर्फबाट भएको फायरिङमा दुई जनाको ज्यान गएको हो । प्रहरीले भिडमा फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

विस्कन्सिन राज्यको केनोशा सहरमा गएको आइतबार दुई प्रहरी अधिकारीले २९ वर्षीय पुरुष ज्याकब ब्लेकलाई उनकै तीन बच्चाको अघि पटक–पटक गोली प्रहार गरेका थिए ।

त्यसपछि उनी अस्पतालमा भर्ना भएका छन् । प्रहरीले ब्लेकलाई किन गोली प्रहार गरेको भन्नेबारेमा अझै खुलाइएको छैन ।

एक व्यक्ति प्रदर्शनकारीको बीचमा पसेर फायरिङ गरिरहेको एक भिडियो भाइरल भइरहेको छ ।

ज्याकबको समर्थनमा र दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै अमेरिकाको कैयौँ शहरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकै क्रममा कैयौँ व्यापारिक प्रतिष्ठान र गाडीमा आगजनी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित