३० आश्विन २०८३, शुक्रबार

एनआईसी एशिया बैंकले ल्यायो ‘क्यूआर रिफर एन्ड अर्न’ योजना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । एनआईसी एशिया बैंकले क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिनेगरी ‘क्यूआर रिफर एन्ड अर्न’ योजना ल्याएको छ ।

बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले भदौ र असोज महीनाभर उक्त योजनामा सहभागी हुन पाउने छन् । यस योजनामा बैंकसँग रहेका क्यूआर मर्चेन्ट एवं ग्राहकहरूले तोकिएको २ महीनाको अवधिमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी बैंकमा चालू खाता खोलेर क्यूआरमा आबद्ध हुँदा रिफर गर्ने क्यूआर मर्चेन्ट एवं ग्राहकलाई बैंकले प्रतिरिफर मर्चेन्ट रू. ७५० खुद रकम प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

साथै सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यूआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप प्रतिव्यक्ति रू. ५० हजार रकम प्रदान गरिने समेत बैंकको योजना छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य वृद्धि भएसँगै क्यूआर पेमेन्टबाट भुक्तानी गर्ने ग्राहकहरूको संख्यामा समेत तीव्र रूपमा वृद्धि भइरहेका बेला बैंकले यो योजना ल्याएको हो ।

विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पु¥याउन पनि यो योजना अगाडि सारेको बैंकको भनाइ छ ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर १५ हजार भन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।