
काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक गौरा पर्वको अवसरमा शुभकामना व्यक्तक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुभकामना वक्तव्यमा प्राचीन कालदेखि नै मनाइँदै आएको गौरा पर्वले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको उल्लेख गरेका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका छन् । महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो ।’
प्रधानमन्त्री ओलीले कोभिड–१९ को प्रतिकुल अवस्थामा जीवन रक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक रहेको पनि शुभकामना वक्तव्यमा उल्लेख गरेका छन् ।















प्रतिक्रिया