३० आश्विन २०८३, शुक्रबार

सन्दीप लामिछाने आवद्ध जमैकाले गुयानालाई ५ विकेटले हरायो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आवद्द क्लव जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई ५ विकेटले हराएको छ ।

वारियर्सले दिएको १०९ रनको लक्ष्य जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो ।

यसैबीच सो खेलमा नेपालका सन्दीपले आज पनि उत्कृत बलिङ गरे । सन्दीपले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए ।

यस्तै फिडेल एडवार्ड र मुजीब रहमानले ३र३ विकेट हात पारे । सन्दीप आवद्द टिमले चार खेलमध्ये दुई खेल जितेको छ र चौथो स्थानमा छ ।