३० आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार भन्दा बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १० भदौ । सुदूरपश्चिम प्रदेशमा कोरोना निको हुनेको संख्या ४ हजार ५८९ पुगेको छ ।

मंगलबार १५ जनासहित निको हुनेको संख्या ४ हजार ५८९ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार कञ्चनपुरबाट ४, डोटीबाट ४, बझाङ्गबाट ६ र सेती प्रादेशिक अस्पतालबाट १ गरी १५ तथा विभिन्न मितिमा अपडेट नगरिएका कैलालीबाट १४ र बझाङ्गबाट १६० जना निको भएर घर गएका छन् ।

हालसम्म ५५ हजार ४७ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा ५ हजार ४६६ मा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २ हजार ४१७ जनाको स्वाब नमूनाको रिपोर्ट आउन बाँकी छ ।

यो प्रदेशमा हालसम्म कोरोनाबाट १२ जना संक्रमितको मृत्यु भइसकेको छ ।