शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

आज पनि घट्यो सुनचाँदीको मूल्य, कारोबार भने ठप्प

दैनिक नेपाल २०७७ भदौ १० गते १२:२४

काठमाडौं, १० भदौ । उच्च मूल्यवृद्धिसँगै २ पटक प्रतितोला १ लाख रुपैयाँ भन्दा माथि उक्लिएको पहेंलो धातु सुनको मूल्य केही दिनयता थोरै थोरै घट्दै गएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९७ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

मुलुकको विभिन्न ठाउँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरिएका निषेधाज्ञा, लकडाउन र सिलबन्दीका कारण सुनचाँदीको कारोबार भने ठप्पप्रायः छ ।

प्रतिक्रिया
सम्बन्धित