३० आश्विन २०८३, शुक्रबार

वीरगञ्ज र बिराटनगरमा ४ जना कोरोना संक्रमितको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । बुधबार वीरगञ्ज र बिराटनगरमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार राती वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा बाराका दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै महोत्तरीका कोरोना संक्रमित पुरुषको बिराटनगरमा मृत्यु भएको छ । बिराटनगरको न्युरो अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

ती पुरुषलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब संकलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।

मंगलबार राति नै बिराटनगरकी एक महिलाको पनि मृत्यु भएको थियो । मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीस्थित बिराट मेडिकल कलेजमा बिराटनगर–११ की ४४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।