शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

निषेधाज्ञाको समयमा आईपीओ निष्कासन नगरिने

दैनिक नेपाल २०७७ भदौ १० गते १२:०१

काठमाडौं, १० भदौ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लायि सरकारले जारी निषेधाज्ञाको समय भर अब साधारण शेयर (आईपीओ) निष्कासन नगरिने भएको छ ।

यसैसाता विभिन्न ३ वटा कम्पनीको आईपीओ निष्कासन हुँदा मेरो शेयरको सफ्टवेरमा परेको चाप र लगानीकर्ताले पाएको दुःखलाई दृष्टिगत गर्दै नेपाल धितोपत्र बोर्डले यस्तो निर्णय गर्दै सरोकारवालाई निर्देशन समेत गरेको छ ।

अनुमति पाएका कम्पनीलाई सकेसम्म निषेधाज्ञाको समयमा आईपीओ निष्काशन नर्गन र निष्कासन गर्नै परे एक भन्दा बढी कम्पनीको आईपीओ निष्काशन एकै समयमा नर्गन बोर्डले निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित