काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ ।
काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यो सँगै काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय सञ्चालनमा रोक यथावत रहनेछ ।
भदौ ३ गतेदेखि शुरु भएको निषेधाज्ञा आज राती १२ बजेदेखि सकिँदै गरेको अवस्थामा पुनः एक साता निषेधाज्ञाको समयावधि थप गरिएको हो ।
कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।
थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेसन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।
















प्रतिक्रिया