६ मंसिर २०८३, आइतबार

मनाङ स्वास्थ्य कार्यालयका प्रमुखलाई नै काेराेना संक्रमण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, १० भदाै । मनाङ स्वास्थ्य कार्यालयका प्रमुखलाई नै काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्याङजा चापाकोट घर भएका स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए ।

स्वास्थ्य प्रमुख नै संक्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए ।

भरतपुर-१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको गिरीले बताए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको उल्लेख छ। सङ्क्रमितकाे सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब संकलनकाे कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिए ।

सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरु यही भदौ १५ सम्मलाई स्थागित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।