आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

अमेरिकामा प्रहरीको गोली लागेका अश्वेत युवा हिँडडुल गर्न नसक्ने

दैनिक नेपाल २०७७ भदौ १० गते ८:५३

न्युयाेर्क, १० भदाै । अमेरिकाको विस्कनसिन राज्यमा प्रहरीको गोली लागेर गम्भीर अवस्थामा रहेका अश्वेत युवा ज्याकोब ब्लेकलाई पुनः हिँड्न सक्ने हुने चमत्कारको खाँचो रहेको उनको परिवारका वकिलले बताएका छन् ।

२९ वर्षका ब्लेकको ढाडमा प्रहरीको गोली लागेको हो । उनले आफ्नो कारको ढोका खोल्न लागेका बेला गएको आइतबार विस्कनसिनको केनोश शहरमा प्रहरीले एकभन्दा धेरैपटक गोली प्रहार गरेका थिए ।

कम्तीमा एउटा गोली उनको स्पाइनल कर्ड भएर गएको वकिलले बताएका छन् । ब्लेकमाथिको गोली प्रहार घटनापछि प्रदर्शन भएको छ । प्रदर्शनले केही स्थानमा हिंसात्मक रुप पनि लिएको छ । विस्कनसिनका गभर्नरले केनोशा शहरमा थप नेशनल गार्ड पठाएका छन् ।

स्पाइनल कर्ड गोली लागेका कारण ब्लेक प्यारलाइज्ड भएका छन् । डाक्टरहरु उनी निको भएर पुनः हिँड्न सक्नेमा ढुक्क छैनन् । ब्लेकको पेटमा प्वाल परेको छ । हातमा चोट छभने किड्नी र लिभर ड्यामेज भएका छन् । उनीमाथि सानो छोरा कारमा रहेका बेला गोली प्रहार भएको हो ।

अमेरिकामा अश्वेतमाथि हुने प्रहरी ज्यादतीको विरोधले उच्च रुप लिएका बेला भएको गोली काण्डले थप प्रदर्शन निम्त्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित