३० आश्विन २०८३, शुक्रबार

सरकारले देखाएको खर्च विवरण वास्तविक भन्दा बढी हो : खरेल

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । हाम्रो नेपाल सुशासन अभियानका नेतृत्वकर्ता रमेश खरेलले कोरोनासम्बन्धी सरकारले सार्वजनिक खर्च विवरण वास्तविक भन्दा धेरै भएको दाबी गरेका छन् ।

सार्वजनिक खर्च विवरण वास्तविक नभएको भन्दै अभियानले सरकारमाथि भ्रष्टाचारको आशंका व्यक्त गरेको छ ।

यस्तै कोरोना संक्रमणविरुद्ध खटिइरहेका स्वास्थ्यकर्मीप्रति भइरहेको दुर्व्यवहार, कोरोनाको उपचारमा प्रयोग भइरहेको औषधि ‘रेमेडेसिभिर’ को कालोवजारीदेखि पर्याप्त आइसोलेसन वार्ड र सम्भावित संक्रमितको पहिचानमा सरकार तथा स्थानीय निकायबाट भइरहेको ढिलासुस्तीबारे अभियानको धारणा सार्वजनिक गर्दै खरेलले यस्तो बताएका हुन् ।

त्यसैगरी झण्डा जलाएको, कोरोना संक्रमण र उपचार तथा किसानलाई मल उपलव्ध नभएको अवस्थाबारे अभियानले ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय झण्डा मातृभूमी जत्तिकै प्रिय र सम्मानको विषय भएको भन्दै यसलाई जलाउने काममा संलग्न र तीनका नाइकेहरुलाई कडा भन्दा कडा कारबाही गर्न पनि अभियानले माग गरेको छ ।

यस्तै किसानलाई मल उपलव्ध नभइरहेको भन्दै त्यसलाई सम्बोधन गर्न सरकारसँग माग अभियानले माग गरेको छ ।